सोसल मिडिया
हाम्रो बारेमा
सर्लाही । सर्लाहीको बिष्णु गाउँपालिका–६ प्रहरी चेकपोस्टमा बुधबार राति चेकजाँचका क्रममा ९५ थान नक्कली नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सर्लाही कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेका छन ।
सर्लाहीबाट खटिएको प्रहरीको चेकिङ टोलीले राति करिब ९ बजे भारततर्फबाट सिमरा तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकललाई शंका लागी रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक खानको पछाडिको गोजीबाट रु १००० दरका ९५ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।
नक्कली रकमसहित खानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।