समसामयिक :

प्रदेश सरकारले अघि सारेको 'मदर्सा बोर्ड विधेयक' प्रति विश्व हिन्दु परिषद नेपालको गम्भीर ध्यानाकर्षण

बुधबार, मंसिर १७, २०८२

वीरगंज । मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकमार्फत विवादित मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैधान्तिक सहमति प्रदान गरी प्रदेश सभामा दर्ता गर्ने तयारी गरेपछि विश्व हिन्दु परिषद नेपालले विरोध जनाएको छ ।

विश्व हिन्दु परिषद नेपालले एउटा विज्ञप्ती जारी गर्दै यस अघिका सरकारहरूले यस्तै प्रकृतिको विधेयक ल्याउँदा व्यापक विवाद उत्पन्न भएको पृष्ठभूमिमा, मुख्यमन्त्री सरोज यादवज्यू नेतृत्वको सरकारले पुनः त्यही विषयलाई अघि बढाएको निर्णयप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा उक्त निर्णय संवेदनशील विषयमा पर्याप्त सुरक्षा–मूल्यांकन, विस्तृत छलफल तथा प्रभाव अध्ययन बिना गरिएको देखिएको छ, जसले प्रदेश र राष्ट्र दुवैको साम्प्रदायिक सद्भाव, कानुनी शासन र राष्ट्रिय सुरक्षामा गहिरो प्रभाव पार्न सक्ने आशङ्का बढाएको छ ।

पछिल्ला समय विविध स्रोतबाट प्राप्त सूचनाअनुसार, अवैध घुसपैठमार्फत नेपाल प्रवेश गरेका केही व्यक्तिहरूलाई मदरसा तथा मस्जिदहरूमा नियुक्ति गरी धार्मिक आवरणमा लुकाएर दीर्घकालीन बसोबास गराउने प्रयास भइरहेको गम्भीर आशङ्का उठिरहेको छ ।

मदरसा बोर्ड गठनको आडमा यस्ता व्यक्तिहरूलाई शिक्षक, सहयोगी वा मजहबी भूमिकामा राखेर गतिविधि सञ्चालन गर्ने आरोपहरू समेत सार्वजनिक भइरहेका छन्, जसले नियमन गर्ने निकायहरूको भूमिकाप्रति प्रश्न खडा गरेको छ ।

यस्ता गतिविधिहरूको प्रभावकारी नियमन, अनुगमन तथा छानबिन नहुँदा देशको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा जनसांख्यिकीय सन्तुलनमा दीर्घकालीन जोखिम उत्पन्न हुन सक्ने देखिन्छ,भनिएको छ ।

विश्व हिन्दू परिषद् नेपालले विभिन्न मागहरू अघि सारेको छ । 

१. मदरसा शिक्षा बोर्ड तथा त्यससँग जोडिएका सबै सरकारी निर्णयहरूको विस्तृत अध्ययन, छानबिन र तथ्यसहित स्पष्ट सार्वजनिक जानकारी तुरुन्त प्रदान गरियोस् ।

२. मदरसा, मस्जिद तथा यस्ता संवेदनशील संरचनाहरूको दर्ता, वित्तीय श्रोत–प्रवाह, मानवस्रोत नियुक्ति तथा कार्यप्रणालीको कडाइका साथ निरीक्षण गरियोस् ।

३. अवैध प्रवेश, दस्तावेजविहीन बसोबास वा धार्मिक आवरणमा लुकाइएका गैरकानुनी गतिविधिहरू भेटिए तत्काल कानुनी प्रक्रिया अघि बढाइयोस् ।

४. प्रदेश–संघ समन्वयमार्फत सीमा सुरक्षा तथा आन्तरिक सुरक्षा संयन्त्रलाई थप सुदृढ पारियोस् ।

राष्ट्रको सार्वभौमिकता, स्थिरता तथा सुरक्षालाई सबल बनाउन सम्बन्धित राज्य निकायहरूले दुरदर्शितापूर्वक, पारदर्शी र जिम्मेवारीपूर्ण ढंगले कार्य गर्नुपर्ने आग्रह गरेको छ।

विश्व हिन्दू परिषद् नेपाल यस विषयमा जनतालाई सचेत, सजग र तथ्य खोज्ने अधिकारमा सक्रिय हुन आह्वान समेत गरेको छ ।

हामी शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक माध्यमबाट राष्ट्रहितमा आधारित जनचासो अभिव्यक्त गर्न सबैलाई अपिल गर्दछौँ विश्व हिन्दु परिषद नेपालका राष्ट्रीय महासचिव
जितेन्द्र कुमार सिंहद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय