Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन

बीरगञ्ज । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको अभिव्यक्तिका कारण आलोचनामा परेपछि प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण सार्वजनिक गरेकी छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले आफूले गरेको भनाइ कुनै पनि धर्म वा समुदायलाई लक्षित गरेर गरिएको नभएको स्पष्ट पार्दै धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘नमस्कार! लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्।

कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन। सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’

उनको अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए। त्यसपछि उत्पन्न विवादलाई लक्षित गर्दै प्रधानमन्त्रीले स्पष्टिकरण जारी गरेकी हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्