Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

‘कानु यूथ समाज’ गठन, १५ सदस्यीय समिति चयन

वीरगञ्ज ।  श्री रामजानकी मन्दिर परिसरमा बसेको विशेष भेलाले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ। युवाहरूको सामाजिक, सांस्कृतिक तथा सामुदायिक नेतृत्व विकासलाई उद्देश्य बनाएर गठन गरिएको समाज तत्काल दर्ता प्रक्रियामा जाने निर्णय गरिएको छ।

युवा बैंकर सन्तोष कुमार साहको सभापतित्वमा सम्पन्न भेलाले मनोज कुमार साहलाई अध्यक्षमा चयन गरेको छ। साथै अञ्जन गुप्ता उपाध्यक्ष, पत्रकार श्रवण प्रसाद साह सचिव, शम्भु प्रसाद गुप्ता सहसचिव तथा विमला कुमारी गुप्ता कोषाध्यक्षमा चयन भएका छन्।

समितिका सदस्यहरूमा अनिल कुमार साह, अमर कुमार गुप्ता, दयानन्द प्रसाद गुप्ता, राजकुमार साह, राजन गुप्ता, हरिन्द्र साह कानु, गुड्डीकुमारी साह, अञ्जु साह र लखनलाल गुप्ता रहेका छन्।

भेलाले समाजलाई छिट्टै विधिवत दर्ता गर्ने र निकट भविष्यमै वृहत् भेला आयोजना गरी कार्ययोजना सार्वजनिक गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्