नेभिगेशन
समाज
आर्थिक :

वीरगञ्ज नाका भएर चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन बाहिरियो

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएका छन् । यो अघिल्लो आवको यसै अवधिको तुलनामा करिब ३ गुणा बढी हो ।

गत आवको सोही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार १७ अर्ब ३२ करोड रुपैयाँ भटमासको तेल र दुई अर्ब ६० करोड रुपैयाँ बराबरको फलफूलको जुस निर्यात भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्