समसामयिक :

वीरगंजको बसपार्कमा पार्किङ गरिएका दुई बसमा आगलागी

बुधबार, मंसिर ३, २०८२

वीरगंज -वीरगन्ज महानगरपालिका– १६ मा रहेको बसपार्कमा पार्किङ गरिएका दुईवटा बसमा आगलागी भएको छ। 

मंगलबार राति बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको हो।

आगलागीबाट जमजम ट्राभल्स लेखिएकाे ना.५ख ६२१६ र ना.५ख ६२१७ नम्बरकाे बस पूर्ण रूपमा जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।

दुवै बसमा आगो लागेपछि राति पौने १ बजेको समयमा प्रहरी र वीरगन्ज महानगरपालिकाको दमकलको सहयोगमा आगो निभाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।

उनका अनुसार रोकिएको बसमा अचानक के कारण आगलागी भएको खुल्न सकेकाे छैन ।  यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय