समसामयिक :

लायन्स इन्टरनेशनल लिडरसिप एवार्डबाट लायन सुनिल गुप्ता सम्मानित

आइतबार, कात्तिक ३०, २०८२

वीरगञ्ज – लायन्स इन्टरनेशनलले यस वर्ष आफ्नो प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सुनिल गुप्तालाई प्रदान गरेको छ ।

विश्वभरका उत्कृष्ट लायन्स लिडरहरूलाई दिइने यो एवार्ड नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता तथा समुदायमा पु¥याएको प्रभावका आधारमा प्रदान गरिन्छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको वीरगञ्जमा आयोजित दोश्रो क्याबिनेट मिटिङ्ग एवं एवार्ड वितरण कार्यक्रममा गुप्तालाई उक्त एवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले गुप्ताको निरन्तर सेवा भावना, दिगो नेतृत्व तथा सामाजिक कल्याणमा पु¥याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।

लायन सुनिल गुप्ता लामो समयदेखि स्वास्थ्य, शिक्षा, दृष्टि संरक्षण, रक्तदान, दैवी विपद् राहत तथा सामुदायिक सशक्तीकरणका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहेका छन् ।

उनले सञ्चालन गरेका विभिन्न परियोजनाहरूले स्थानीय समुदायमा प्रत्यक्ष प्रभाव पारेको र लायन्स क्लबका सदस्यहरूलाई सेवा कार्यमा अझ सक्रिय बनाएको बताइएको छ ।

एवार्ड ग्रहण गर्दै गुप्ताले आफूलाई प्रदान गरिएको सम्मान सम्पूर्ण लायन्स परिवारको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

“सामाजिक सेवा निरन्तरता र सकारात्मक परिवर्तनका लागि नेतृत्व महत्वपूर्ण हुन्छ,” उनले भने, “यो सम्मानले जिम्मेवारी अझ बढाएको छ ।”

कार्यक्रममा वरिष्ठ लायन पदाधिकारीहरूले गुप्ताको नेतृत्व शैली, सहयोगी स्वभाव र युवा सदस्यहरूलाई प्रेरित गर्ने क्षमताकै कारण उनलाई अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मान प्राप्त भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय