समसामयिक :

विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लबद्वारा निःशुल्क मधुमेह परीक्षण शिविर

शुक्रबार, कात्तिक २८, २०८२

वीरगञ्ज । विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्जको घडिअर्वा पोखरीमा निःशुल्क मधुमेह परीक्षण शिविर संचालन गरिएको छ ।

शिविरमा रक्त–शर्करा परीक्षण, रक्तचाप मापन, स्वास्थ्य परामर्श लगायतका सेवा प्रदान गरिएको थियो।

निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगञ्जका अनुभवी चिकित्सक डा. विवेक यादवको नेतृत्वमा रहेका अनुभवी स्वास्थ्यकर्मी एवं प्राविधिक टोलीले शिविरमा उपस्थित व्यक्तिहरूलाई मधुमेहका कारण, जोखिम, रोकथाम तथा उपचार सम्बन्धी विस्तृत जानकारी प्रदान गरेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट चिफ लायन विजय गुप्ताले यस्ता स्वास्थ्य–केन्द्रित गतिविधिहरू समुदायलाई सचेत बनाउन महत्वपूर्ण हुने बताउँदै लायन्स क्लबले आगामी दिनहरूमा पनि थप स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शिविरमा ३१५ जना स्थानीयबासीहरूले मधुमेह परिक्षण, रक्तचाप मापन तथा स्वास्थ्य परीक्षण गराएका थिए ।

समुदायमा बढ्दो मधुमेहको जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले गरिएको यस कार्यक्रमले स्थानीय बासिन्दाबाट उल्लेखनीय सहभागिता पाएको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले बताउनु भयो ।

लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साहको अध्यक्षतामा भएको निःशुल्क मधुमेह शिविरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, लायन्स क्लब अफ वीरगञ्जका उपाध्यक्ष लायन गोविन्द साह कानु,

पिंक सिटीकी उपाध्यक्ष लायन कुसुम वर्णवाल, लायन सुमन वर्णवाल, लायन ब्युटी जैसवाल, निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगञ्जका सिएमए दिनेश साह, ल्याब प्राविधिक उपेन्द्र यादव लगायत अन्य लायन्स क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय