समसामयिक :

भास्करद्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग

बिहीबार, कात्तिक २७, २०८२

वीरगंज —वीरगंज महानगरपालिकालाई यहाँस्थित भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए ।

त्यस घटनापछि कार्यालय सञ्चालन र प्रशासनिक कामहरू सहज बनाउन कठिनाइ परेको थियो ।

उक्त अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महानगरलाई सहयोगस्वरूप ल्यापटप उपलब्ध गराएको हो ।

आज महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप महानगरका प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गर्नुभयो ।

अग्रवालले समाज र स्थानीय निकायसँगको सहकार्यलाई प्राथमिकता दिने कम्पनीको नीति अन्तर्गत यो सहयोग गरिएको बताउनुभयो ।

उहाँका भन्नुभयो, ‘वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो । त्यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो ।’

कार्यक्रममा वीरगंज महानगर प्रमुख सिंहले भास्कर हर्वास्युटिकल्स प्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौको घटनापछि महानगरको भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको थियो ।

यस्ता सहयोगहरूले महानगरलाई पुनःस्थापनामा ठूलो सहयोग पु–याइरहेका छन् । हामी सबै दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं ।’

यसअघि पनि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र बृटानियाजस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन् ।

महानगरले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरूबाट पालिकाबाट प्रदान गरिने सेवाको पुनःस्थापना तथा डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय