समसामयिक :

लायन्स पिस पोष्टर प्रतियोगिता सम्पन्न

आइतबार, कात्तिक २३, २०८२

वीरगञ्ज — लायन्स क्लब अफ वीरगञ्ज विजयपथको आयोजनामा लायन्स पिस पोष्टर प्रतियोगिता–२०२५ आज एक विशेष कार्यक्रमका बीच दिल्ली पब्लिक स्कुल वीरगञ्जमा सम्पन्न भएको छ ।

“एकताको रूपमा एकता” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले सिर्जनात्मक चित्रकला मार्फत शान्ति, एकता र विश्वव्यापी समझदारीको सुन्दर झल्को प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निर्णायक मण्डलले विद्यार्थीहरूले तैयार गरेको सिर्जनात्मक चित्रकलाको सन्देश, सृजनात्मकता र कलात्मक प्रस्तुतिका आधारमा उत्कृष्ट चित्रहरू चयन गरेको थियो ।

प्रतियोगितामा दिल्ली पब्लिक स्कुल वीरगञ्जको कक्षा ७ मा अध्ययनरत आदित्य चौधरी प्रथम भएका थिए भने सोही कक्षामा अध्ययनरत प्रिसा तुल्स्यान द्वितीय र अवनी मिश्रा तृतीय भएका थिए । विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका उप–गभर्नर लायन रामबिहारी पाण्डेले बालबालिकामा सृजनशील सोच र विश्वशान्तिको भावना विकास गर्न यस किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी क्लबकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले ले प्रतियोगितामा सहभागी सबै विद्यार्थी, शिक्षक र विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

लायन्स क्लब अफ वीरगञ्ज विजयपथकी अध्यक्ष लायन मनिषा कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा दिल्ली पब्लिक स्कुल वीरगञ्जका प्रधानाध्यापक रन्जीभ आनन्द, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, एरिया सेक्रेटरी लायन सल्मा खातुन,

जोन चेयरपर्सन लायन सुनिल गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साह, उपाध्यक्ष लायन कुसुम वर्णवाल, लायन अहिल्या श्रेष्ठ, क्लबका अन्य पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय