Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

पर्सा प्रहरीद्वारा १२ लाखको पटाका र घरेलु मदिरा नष्ट

वीरगंज।जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले विभिन्न मितिमा जाँचका क्रममा बरामद गरेको १२ लाख मूल्य बराबरको बेवारिसे पटाकाजन्य पदार्थ जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरेको छ ।

स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहोबरमा ती वस्तु नष्ट गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

साथै पर्सा बाहिरबाट ल्याईएका ३ सय ५० लिटर घरेलु मदिरा पनि बरामद गरि नष्ट गरेको छ ।

तिहार तथा छठ पर्वमा मनोरञ्जनका लागि भारतबाट लुकाईछिपाई पटकाजन्य वस्तु नेपाल भित्र्याइन्छ ।

भारतीय बजारमा खुल्ला रुपमा तथा सस्तो पाइने भएकाले यो नाकाबाट बर्सेनि यसै सिजनमा पटाकाजन्य वस्तुको व्यापक तस्करी हुने गरेको छ ।

यहाँबाट भित्रिने पटकाजन्य वस्तुहरु संघीय राजधानी काठमाडौंसम्म पनि पुग्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्