सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरबाट सशस्त्र प्रहरीको टोलीले बाढीका कारण घरमा फँसेकी एक गर्भवती महिलालाई आईतवार सफल उद्धार गरी अस्पताल पुर्याएको छ ।
शुक्रवार देखि शनिवार रातिसम्म अबिरल वर्षाका कारण आएको बाढीले वीरगंज महानगरपालिका लगायत देशभरको जनजिवन प्रभावित बने पछि बिपद सम्बन्धि सुरक्षा षयन्त्र उद्धार कार्यमा सक्रिय साथ जुटेको हो ।
श्रीपुर स्थित दिनेश चौरसियाको घरमा डेरा गरी बस्ने पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ निवासी मनोहर चौधरीको गर्भवति रहेकी ३१ वर्षिय श्रीमती रिचा चौधरीलाई सशस्त्र प्रहरी बल नं.१३ गण हेड क्वाटर पर्साबाट प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको नेतृत्वमा खटिएको ११ जनाको उद्धार टोलीले उद्धार गरी बीरगंज हेल्थ केयर अस्पतालमा पुर्याएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
सशस्त्र प्रहरीको टोलीले डुबान क्षेत्रबाट गर्भवती महिलाको समयमै सुरक्षित रुपमा उदार गरि अस्पताल पुर्याएपछि अहिले चौतर्फी प्रशंसा भईरहेको छ ।