समसामयिक :

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

शनिबार, असोज १८, २०८२

वीरगंज । देशभर बङ्गालको खाडीबाट आएको जलवाश्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभर साधरणतया बदली रहेको । कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०६:४५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय