सोसल मिडिया
हाम्रो बारेमा
पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले ठूलो परिमाणको चरेश बरामद गरेको छ।
गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक नितेश कुमार साह कानुको कमाण्डमा खटिएको मोबाइल टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडक खण्डमा चेकजाँचका क्रममा चरेश बरामद गरेको हो।
टोलीले भारततर्फ लैजाँदै गरिएको BR 22 J 3550 नम्बरको होण्डा साइन मोटरसाइकलबाट फल्स बटम बनाई लुकाइराखिएको ९ किलो ५२२ ग्राम चरेश फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको चरेश १९ वटा प्लास्टिकका प्याकेटमा प्याक गरिएको अवस्थामा भेटिएको हो। घटनामा संलग्न भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईल समेत बरामद गरिएको छ।
बरामद सामग्री र पक्राउ परेका अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।