सोसल मिडिया
हाम्रो बारेमा
पर्सा । कालिकामाई गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरी भ्रष्टाचार लिलामा महारथ हासिल गरेको पाईएको छ ।
बिगत तिन आर्थिक वर्ष देखी गिरीले पालिकाको आयव्यव गोप्य राखेर स्थानिय नागरिक, कार्यपालिकाका साथै महालेखा परिक्षणको कार्यालयलाई समेत ढाटेर भ्रष्टाचार गरेको पाइएको छ ।
कालिकामाई गांउपालिकाको महालेखा परिक्षण प्रतिवेदनमा विगत तिन वर्ष देखी आन्तरिक लेखा परिक्षण नगरेको तथा कुनैपनि माध्यमबाट हरहिसाब सार्वजनिक नगरेकोमा अपारदर्शीता हटाई सार्वजनिक परिक्षण गरि पालिकाको आर्थिक कारोबारमा जवाफदेहिता र पारदर्शीताको प्रवर्धन गर्न अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई महालेखाले निर्दिस्ट गरेको छ ।
महालेखाले पटक पटक पालिकाको आन्तरिक लेखापरिक्षण गर्न भन्दै आएपनि गिरीले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न महालेखाले औल्याएको कमजोरीको समेत वास्ता नगरेको पाइन्छ ।
गिरीले भ्रष्टचार लुकाउन परिक्षकको जिम्मेवारी नै खोसे
एकातिर महालेखा परिक्षणको प्रतिवेदनमा कालिकामाई गांउपालिकाले आन्तरिक लेखा परिक्षण नगर्नु र बजेट खर्च सार्वजनिक नगरेकोमा जिम्मेवार हुन पालिकालाई निर्देशन गर्दै आएको छ ।
तर अर्कोतिर गिरीले पालिाकामा कार्यरत स्थाई अडिटर (लेखापरिक्षक)को जिम्मेवारी नै खोसेर आन्तरिक परिक्षण गर्न दिएका छैन्न ।
कालिकामाईमा सुरेश यादव लेखापरिक्षकको रुपमा कार्यरत हुदापनि उनलाई गिरीले जिम्मेवारी दिएका छैनन ।
यादवले तलब मात्र बुझेर बिनाकामको पालिकामा समय व्यतित गर्दै आएको एक कर्मचारीले जनाए ।
पालिकामै हरहिसाबको परिक्षण कार्य हुन थालेपछि आफ्नो पोल खुल्ने डरले कार्यालय प्रमुख गिरीले यादवलाई काम विहिन बनाएर खर्चमा मनोमानी गरिरहेको कर्मचारीहरुमा चर्चा छ ।
भ्रष्टाचार लुकाउन गिरी भुमिगत
बितेको ३ आर्थिक वर्षको कार्यभारमा रहेको अमित गिरीले पालिकावासीलाई आम्दनी र खर्च विवरण सार्वजनिक गर्न किन नचाहेका होलान ? यो प्रश्न उनको नियतमाथि शंका जन्माएको छ ।
यदि उनि इमानदार छन भने, जनताको रकम कसरी खर्च भएको छ , त्यसको जानकारी दिन किन लुक्दै आएका छन ? यस्ता प्रशनहरुको जवाफ पालिकावासीले हाल खोज्दै छन । तर गिरी कार्यालयबाट फरार रहेका छन ।
पालिकाको परिषद यता गिरी कार्यालय गएका छैन्न , उनि भुमिगत रहेर कार्यालयको खरिद ,बजेटको सम्झौता तथा खाता संचालनको कार्य गर्दै आएका छन ।
जेनजी पुस्ताले गरेको भ्रष्टाचार विरुद्धको आन्दोलनले जनताको सेवा प्रदानमा कार्यालयबाट हुने वेथितीको अन्त गर्दै वर्तमान सरकारले विभिन्न निर्णय गर्दापनि त्यो गिरीलाई छोएको छैन । उनि कार्यालय नगएको तिन महिना भन्दा बढी भएको छ ।
कार्यालय जादा जनताले हिसाब खोज्छन ,भने डरले उनि भुमिगत भएर कार्य गरिरहेका छन । जेनजी आन्दोलन पछि बनेको नागरिक उत्रदायी सरकारले गिरीलाई जिम्मेवार बनाउन सकेको छैन ।
भ्रष्टाचार काण्डका दर्जनो मुद्दामा मुछिएको र कर्मचारी भित्र भ्रष्टाचार माफियाले प्रख्यात व्यक्ति गिरी कालिकामाई सहित पर्साको ५ वटा स्थानिय तह पोखरिया नगरपालिका, जिराभवानी, जगरनाथपुर, बन्दिवासनी गांउपालिकामा प्रमुख प्रशासकिय अधिकृत रहेर दजर्नो भष्टाचार कसुमा अख्तियारमा अनुसंधानको क्रममा छन । बजेट दुरुपयोग र करार कर्मचारी भर्ना बाट रकम उठाउने कार्यमा माहिर गिरीको वर्तमान सरकारले सम्पती र भ्रष्टाचार काण्ड छानबीन गरि कार्यवाही नगरे नागरिक स्तरबाट कार्यवाही गर्न कालिकामाई पालिकावासीले जनाएका छन ।