सुरक्षा तथा अपराध :

सशस्त्र प्रहरीको संरक्षण : तस्करहरुको लागी उर्वर भुमी बन्दै अमरपटि

शुक्रबार, असोज ३, २०८२

वीरगञ्ज । सिमा सुरक्षा तथा भन्सार छली चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालका केही भ्रष्ट प्रवृतिका कर्मचारीहरुको कारण सिमा क्षेत्रमा तस्करी धन्धा मौलाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म अलौँ र विओपी अमरपटिको एरीयामा पर्ने बार्वाको भलुवाही खोला र अमरपटि मठ पछाडीको बाटो प्रयोग गरी स्थानीय तस्कर समुहले भारतबाट दिनहु दुई दर्जन बढीको संख्यामा भैँसी, ब्रान्ड र बैठा समुहले किरानाको नाममा काजु,किसमिस लगायतका महंगा ड्राईफ्रुट भित्रयाइरहेको स्थानीय बताउछन । 

विन्दवासिनी गाउपालिकाको बार्वाका स्थानीय भुवन समुह, बैठा समुह र टुना समुहले सशस्त्र प्रहरीकै संरक्षणमा अमरपटि र भलुवाही खोला प्रयोग गरि भारतबाट दैनिक तस्करी गर्ने गरेका छन ।

भारतिय सिमावर्ती गाउँ सिसवाको बाटो प्रयोग गरि भलुवाही खोला र अमरपटि मठ पछाडीको बाटो प्रयोग गरी धुवाधार तस्करी मौलाएको छ ।

सशस्त्र प्रहरी बल विओपी अमरपटीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्ण केसीको मौन समर्थनले उक्त एरिया अहिले तस्करहरुको लागी उर्वर भुमी भएको छ ।

बार्वाका स्थानीय भुवनले नेपाल तर्फ बार्वा गाउँमा भैसी ल्याएर स्थानीय भएको सिफारिस बनाएर पिकअपको माध्यमले वीरगञ्ज बाहिर पठाउने गरेका छन ।

भैँसी तस्करी गर्न भुवन समुहले अलौँका डिएसपी र अमरपटिका ईन्चार्जलाई लाखौ रुपैया महिनावारी बुझाएकोले आफनो भैँसी सशस्त्र प्रहरीले समात्न नस्कने तस्कर समुहले फुर्ति लगाउछन ।

भारतबाट ल्याएको भैसी स्थानीय वडा र क्वारेन्टाईन संग पहिलै सिफारिस बनाएर राख्ने गरेका छन । बार्वाको भैसी गोठबाट लोड गरिएको भैसी वीरगञ्ज बाहिर पठाउने गरेको स्रोतले जनायो ।

त्यसैगरी बैठा समुहले  काजु,किसमिस लगायतका महंगा ड्राईफ्रुट विन्दवासिनी,पोखरिया र वीरगंज सम्म पठाउने गरेका छन भने टुना समुहले ट्रक बाटै ब्रान्डको तस्करी गर्ने गरेका छन ।

मुलुकमा भ्रष्टाचार वेतिथी बढेको विरुद्ध आन्दोलन भईरहदा सिमा सुरक्षा तथा भन्सार छली चोरी तस्करीको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै संरक्षणमा अवैध भन्सार चोरी तस्करी नियन्त्रण नहुनु शंकाको विषय रहेकोले यस्लाई रोक्न सम्बन्धीत निकायको ध्यान जान आवश्यक छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय