समसामयिक :

कर्मचारी भित्र 'भ्रष्टाचार किंङ्ग' ले प्रख्यात प्रमुख प्रशासकिय अधिकृत अमित गिरिलाई कार्यवाही गर्न मांग

शुक्रबार, असोज ३, २०८२

वीरगंज । बजेट दुरुपयोग र करार कर्मचारी भर्ना बाट रकम उठाउने कार्यमा मिडियामा प्राय चर्चामा रहने गिरिलाई कार्यवाही गर्न आवाज उठेको छ ।

कालिकामाई गाउपालिकाका नयांपुस्ता आन्दोलनले कहिलै कार्यालय नआउने र र्स्कापियोको भाडामा मात्र एकलाख खर्च गर्ने गिरिलाई कार्यवाही गर्न मांग गरेको छ ।

गिरि कालिकामाईमा बिगत तिन आर्थिक वर्षदेखी छन,तर आज सम्म उनले कुनै प्रकारको पारदर्शिता अपनाएका छैन्‌न । 

पालिकाको वेबसाइट अपडेट छैन,सार्वजनिक सुनवाई वां अन्य कुनै माध्यमबाट आम्दनी खर्च सार्वजनिक गरेका छैन्‌न । गिरीको गैरजिम्मेवार रवैयाले स्थानीय शासनमा गम्भीर संकट उत्पन्न भएको छ।

तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेका गिरीमाथि आर्थिक पारदर्शिता, स्रोतको दुरुपयोग र प्रशासनिक लापरवाहीको गम्भीर आरोप स्थानियको छ । 

स्थानिय तह स्थापना भएपछि उनि अधिकृत भएर पर्सा बाहिर गएका छैन्‌न । २०७० देखी ८० सम्म एमाले निकट निजामती कर्मचार संगठनको पर्सा अध्यक्ष रहेका कारण केन्द्रिय कर्मचारी संगठनका नेताहरुको चाकडीले जिल्ला बाहिर उनि गएन्‌न ।

आलोपालो गरि पर्साको ५ वटा स्थानिय तह पोखरिया नगरपालिका, जिराभवानी, जगरनाथपुर, बन्दिवासनी र हाल कालिकामाई गांउपालिकाको प्रमुख रहेका छन । उनि प्रमुख भएको पालिका छाडदा लेखाजोखा दिदैन्‌न ।   
यस्ता छन, गिरिका ठुला काण्ड

२०७० देखि हाल सम्म चर्चामा रहेका गिरिका भ्रष्टाचार काण्डहरु

१.जिल्ला हुलाक कार्यालय ,पर्साको लाखौ भाडा आउने जग्गालाई कमिशनको   भरमा कौडीको भाउमा लिजमा दिएको ।

२.कोरोना कालमा जगरनाथपुर गाउपालिकामा हुदा बनदेवी सप्लायर्सको नाममा मास्क,सेनटिाइजर र चामल वितरणमा अढाई करोड निकासा गरेको । तर सामान वितरण नभएको कारण अख्तियारमा मुदा छानबीनको क्रममा रहेको । 

३. जिराभवानी गाउपालिकामा हुदा अजुन निर्माण सेवाको नाममा कामै नभएको नदी नियंत्रणको योजना देखाई एक करोड भुग्तानी हाल अख्तियारमा छानबीन भइरहेको 

४.पोखरिया नगरपालिकामा रहदा गिरिले अर्जुन निर्माण सेवा र बनदेवी सप्लायर्सलाई ७ करोडको गोप्य टेन्डर दिएर २० प्रतिशतको दरले १ करोड ४७ लाख अग्रीम भुगतानी दिएको । हाल महालेखा परिक्षणले सो रकम बेरुजु भन्दै असुल गर्न निर्देशन गरेको । 

५.बन्दिवासनी गाउपालिकामा रहदा गिरिले २२ जना कर्मचारी भर्ना बाट ४४ लाख तथा तालिम गोष्ठी संचालन नै नगरि कर्मचारीलाई दिएको लाखो रकम पेश्की असुल उपर गर्न महालेखाको प्रतिवेदनमा देखिएको । 

६. बिगत तिन वर्षदेखि कालिकामाईमा रहदा मोबाइल, एसी, कुलर, लगायतका बिलासी वस्तु खरिदमा १ करोड ३० लाख खर्चमा छानबीन भइरहेको । त्यसैगरि गाडी भाडा ,र अन्य खरिद तथा योजनामा करौडो भ्रटारचारको आरोप लागेको ।    

स्कार्पियो चढ्ने, कार्यालय नजाने ।

सबैभन्दा चिन्ताजनक पक्ष के देखिएको छ भने, प्रशासकीय अधिकृत गिरी वर्षभरिमा पाँच–छ पटक मात्र कार्यालय पुग्ने गरेका छन् । तर, उनी प्रयोग गर्दै आएको स्कार्पियो गाडीको मासिक एक लाख रुपैयाँ भाडा भने गाउँपालिकाको बजेटबाट नियमित तिरेको पाइन्छ । कार्यालय नगइकन पनि सार्वजनिक स्रोतको दुरुपयोग गर्नु भ्रष्टाचारको प्रत्यक्ष प्रमाणका रूपमा हेरिएको छ।

सुशासन निर्देशिका कागजमै सीमित

२०७९ सालमा जनदबाबपछि जारी गरिएको “सुशासन निर्देशिका” कार्यान्वयनमा लापरवाही देखिएको छ। पारदर्शिता, जवाफदेहिता र स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यसहित ल्याइएको १९ बुँदे कार्ययोजनालाई व्यवहारमा उतार्ने कुनै प्रयास भएको देखिँदैन।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय