सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो ।
त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो ।
आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ ।
सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् ।
आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।
घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।