Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
विमानस्थल सुचारु :

भोलीदेखि उडान सुचारु हुने : बुद्ध एयर

वीरगञ्ज । बुद्ध एयरले यात्रुहरूलाई भोलि बिहीबारदेखि उडान सुचारु हुने जनाएको छ। 

सामाजिक सञ्जाल फेसबुकमा कम्पनीले बिहीबार एकाबिहानैदेखि उडान हुने बुद्ध एयरले जनाएको हो। 

साथै कम्पनीले टिकट बुकिङ कम्पनीको वेबसाइट, मोबाइल एप, अन्य पोर्टल तथा ट्राभल एजेन्सीबाट सजिलै गर्न सकिने कम्पनीले जनाएको छ। यता, जेनजी आन्दोलनपछि कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पनि सुचारु गर्ने निर्णय भएको छ ।

हिजोबाट बन्द गरिएका हवाई उडानहरू सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले गरेको हो ।

विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्