जेनजी आन्दोलन :

देशभरबाट साढे १३ हजार कैदीबन्दी फरार

बुधबार, भदौ २५, २०८२

वीरगञ्ज । अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् ।

त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् ।

जेजनीले गरेको प्रदर्शनका क्रममा मंगलबार तोडफोड र आगजनी गर्दै कैदीबन्दी फरार भएका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय