काठमाडौं । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरुले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’ सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ ।
प्रकाशित मिति:
बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्

