राजनीति :

तराई– मधेसको खानेपानी समाधान गर्न सरकार प्रतिबद्ध छः खानेपानी मन्त्री यादव

सोमबार, साउन २६, २०८२

बारा। खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध  रहेको बताउनुभएको छ । 

बारा जिल्ला स्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमन पछि आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई– मधेस सहितका जिल्लामा  खानेपानीको निकै समस्या उत्पन्न भएको बताउनुभयो ।

उहाँले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताउनुभयो ।

मन्त्री यादवले हाल जडान गरिएका  र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिङको पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने र केही हद सम्म समस्या समाधान हुने विश्वास आफूले लिएको बताउनुभयो

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय