सोसल मिडिया
हाम्रो बारेमा
काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले आदेश जारी गरेको छ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा फरार रहेका तीन जना प्रतिवादी बुधबार अदालतमा उपस्थित भएका छन्।
काठमाडौं जिल्ला अदालतले तीमध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले लामो समयदेखि फरार रहेका अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। आदेशलगत्तै उनलाई डिल्लीबजार कारागार पठाइएको छ।
बुधबार नै अदालतमा हाजिर भएका अन्य दुई अभियुक्तहरू विनञ्जय थापा र राजेन्द्र जिसीलाई भने जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ।
उनीहरूविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो।
गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग राख्दै दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको आन्दोलन हिंसात्मक बन्दा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।
उक्त झडपमा परी पत्रकार सुरेश रजकको आगलागीमा र प्रदर्शनकारी सबिन महर्जनको गोली लागेर मृत्यु भएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशम्शेर राणासहित ६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
जसमध्ये मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाईंसहित ७ जनालाई अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
मिश्र र राणा भने अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन्।