समसामयिक :

देशको राजनीतिलाई अस्थिर पारेर सरकारलाई काम गर्न नदिने प्रवृतिहरु देखा परे : प्रधानमंत्री ओली

शुक्रबार, साउन ९, २०८२

वीरगंज । प्रधानमंत्री केपी शर्मा ओलीले देशको राजनीतिलाई अस्थिर पारेर सरकारलाई काम गर्न नदिने प्रवृतिहरु देखा परेकोमा ती प्रवृतिहरुको सामना गर्दै सरकार अगाडि बढिरहेको बताएका छन ।

ओलीले परवानीपुर गाँउपालिकाको नवनिर्मित प्रशासनीक भवनको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा एमाले र कांग्रेसले ७ बुँदे सम्झौता गरेर बनेको संयुक्त सरकारले अस्थिरताको अन्त्य गर्दै देशमा स्थायीत्व कायम गरेर देशलाई विकासको बाटोमा अगाडि बढाएको उनले बताए।

उनले देशमा केहिपनि भएन भन्ने होइन धेरै कामहरु भएको दाबीपनि गरे। तर भनेजति भने अझै हुन नसकेको भन्दै उनले त्यसतर्फ सरकार लागिपरेको बताए ।

आज देश चौतर्फी रुपमा अगाडि बढिरहेको भन्दै उनले भने,‘ भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायत चौतर्फी क्षेत्रमा देश अगाडि बढिरहेको छ ।

देशको विकासको गतिलाई अझ तिब्रताका साथ अगाडि बढाउने नीति सरकारले लिएको छ ।

उनले थप १०/१५ वटा स्मार्ट सिटी निर्माण गरिने बताए।कृषिको आधुनिकीकरण भइरहेको भन्दै उनले किसानको आम्दानी चार गुणाले बढेको जिकिरपनि गरे ।

उनले मधेस प्रदेशका १ लाख ८५ हजार बिघा खेतियोग्य जग्गा सिंचाईका लागि सुनकोशी मरिन डाइभर्सन सिंचाई परियोजनाको काम तिब्र गतिमा काम अगाडि बढिरहेको सुनाए ।

परवानीपुर गाँउपालिकाका अध्ध्यक्ष राम क्षत्री पटेलको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दहाल, श्रम तथा यातायातमन्त्री शरदसिंह भण्डारी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल , सांसदहरु ज्वला साह, किसान श्रेष्ठ ,प्रभु हजरा लगायतकाकोपनि उपस्थिती थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार ३ करोड २५ लाख ९१ हजार रुपैयाँको लागतमा गाँउपालिकाको प्रशासनीक भवनको निर्माण गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय