सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादव २०८२ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
सूचना संकलन शाखामा कार्यरत यादवले आफ्नो जिम्मेवारी अत्यन्त इमानदारिता, कर्तव्यनिष्ठता र व्यावसायिकताका साथ निर्वाह गर्दै आएका कारण यो सम्मान प्राप्त गरेका हुन्।
उनी चोरी नियन्त्रण, हराएका मोबाइल फेला पार्न, साइबर अपराधको अनुसन्धान, लागुऔषध नियन्त्रण लगायत गम्भीर आपराधिक घटनामा समयमै प्रतिक्रिया जनाउँदै महत्त्वपूर्ण सफलता दिलाउन सफल भएका छन्।
कानूनी दायरामा रहेर प्रमाणसहित अनुसन्धान गर्ने क्षमता र समर्पणका कारण उनले नागरिक सुरक्षामा उल्लेखनीय योगदान पुर्याएका छन्।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रद्वारा हस्ताक्षरित प्रशंसापत्रमार्फत यादवलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो।
यस उपलब्धिका लागि प्रहरी कार्यालयले यादवलाई औपचारिक रूपमा बधाई तथा शुभकामना जनाएको छ।