समसामयिक :

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव

बिहीबार, साउन ८, २०८२

वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएको छ ।

आज पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले श्रीसिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्काल र दीर्घकालीन समाधानका लागि आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदूषण नियन्त्रणका लागि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा, खानेपानी मन्त्रालयको सहलगानी आयोजना अन्तर्गत आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण गरी अघि बढाइने छ । नदीको संरक्षण र प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने छ ।”

यसैगरी उहाँले वीरगञ्ज महानगरपालिकाले श्रीसिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि जतिसक्दो चाडो आवश्यक प्रस्ताब पेश गर्न समेत आग्रह गर्नुभयो ।

मन्त्री यादवले स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा मात्र प्रदूषण नियन्त्रणमा दीगो समाधान सम्भव हुने तथा नदी प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालयका तर्फबाट आवश्यक सबै पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले आवश्यक प्रस्ताब पेश गर्ने जानकारी गराउनु हुँदै मन्त्रालयबाट थप आवश्यक सहयोग गरिदिन आग्रह गर्नु भएको थियो ।

उक्त छलफल कार्यक्रममा, उद्योग बाणिज्य संघका प्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरतकुमार बम लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय