समसामयिक :

तस्करीको काठसहित पर्सामा एक युवक पक्राउ

आइतबार, साउन ४, २०८२

पर्सा । पर्साको सबडिभिजन बन कार्यालयबाट खटिएको गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९, रत्नपुर निवासी २४ वर्षीय मुस्ताक आलम रहेका छन् ।

रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले आलमलाई मोटरसाइकलमा अवैध काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनलाई रत्नपुर क्षेत्रमै निगरानीपछि समातिएको बताइएको छ ।

हाल मुस्ताक आलमलाई डिभिजन बन कार्यालय, पर्साको नियन्त्रणमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजनल बन कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय