सुरक्षा तथा अपराध :

वरिष्ठ सई राणा धनुषा प्रहरीको ‘पुलिस अफ दि मन्थ’ घोषित

बुधबार, असार ३२, २०८२

वीरगञ्ज । प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ ।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत सागर शमशेरले उत्कृष्ट कार्यसम्पादनमार्फत प्रहरी सङ्गठनको छवि उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई ‘पुलिस अफ दि मन्थ’ घोषणा गरेको हो ।

‘पुलिस अफ दि मन्थ’ घोषणा भएका सागर शमशेरले विभिन्न गम्भीर अपराधका घटनाहरूको अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, गत वर्ष चैत १७ गते धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ बनिनियाँमा श्रीमती अञ्जली यादवलाई कुटपिट गरी हत्या गरेर शव गाडेको आशङ्कामा पक्राउ परेका हरिराम यादवलाई नियन्त्रणमा लिन सगरले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यस्तै, असार १८ गते जनकपुर उपमहानगरपालिका–१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका बेचन महासेठ खजुरी रेल्वे स्टेसनबाटै पक्राउ गर्न पनि सागरको ठूलो योगदान रहेको थियो ।

यसबाहेक, ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र विद्युतीय अपराधसम्बन्धी मुद्दामा फरार रहेका हनिफ नदाफलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन पनि सागरको योगदान उल्लेखनीय रहेको एसपी रेग्मीले बताए ।

एसपी रेग्मीले सागर शमशेरको उच्च व्यावसायिक कुशलता र जिम्मेवारीप्रतिको लगनले प्रहरी सङ्गठनको छवि उज्ज्वल बनाउन र आम जनमानसमा प्रहरीप्रतिको विश्वास बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । “निजको उत्कृष्ट कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भएको छ,” रेग्मीले भने ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सागर शमशेरको कार्यलाई उच्च मूल्याङ्कन गर्दै उनलाई ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको हो । सम्मानले प्रहरी सङ्गठनभित्र उत्कृष्ट कार्य गर्नेहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय