लागुऔषध :

सशस्त्र प्रहरी पर्साद्वारा भारी मात्रामा लागुऔषध बरामद

मंगलबार, जेठ ६, २०८२

वीरगञ्ज । भारतबाट नेपाल भित्र्याइँदै गरिएको ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड सशस्त्र प्रहरीले वीरगञ्ज नाकाबाट बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका–२ स्थित छपकैयाको भकुवा नाका हुँदै नेपाल ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले ८१ हजार ४९० पिस ट्रामाडोल ट्याब्लेट फेला पारेको हो।

सशस्त्र प्रहरीका अनुसार सिर्सिया नदी तरेर दुई जना तस्कर कार्टुन बोकेर नेपालतर्फ आउँदै गर्दा, प्रहरी टोलीलाई देखेपछि उनीहरूले लागू औषधसहितको कार्टुन फ्याँकेर फरार भएका थिए।

सोधपुछ र पक्राउ गर्न खोज्दा तस्करहरू अन्धकार र जंगलको आडमा भाग्न सफल भएका छन्।

डीएसपी सिंहका अनुसार बरामद औषधको भारतमा अनुमानित मूल्य ७ लाख रुपैयाँभन्दा बढी पर्नेछ।

बरामद ट्रामाडोल ट्याब्लेटहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ।

तस्करहरूको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र पारिएको सशस्त्र प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय