लागुऔषध :

बारामा प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ

मंगलबार, जेठ ६, २०८२

बारा। बारा प्रहरीले अवैध लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई प्रतिबन्धित ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ। निजगढ नगरपालिका–४, मौरी खोला क्षेत्रबाट प्रहरीले विशेष सूचनाका आधारमा कारबाही गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा खटिएको टोलीले कारबाही गरेको हो। पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल, एन्टिकोफ र डेभोक्सिन नामक प्रतिबन्धित औषधिहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बिजय योञ्जन (२५), बकैया गाउँपालिका–६, मकवानपुर प्रेम वाइबा (२८), निजगढ–१०, चौकीटोल धन बहादुर थिङ (२२), निजगढ ज्ञान बहादुर घलान (३०), निजगढ अमृत दुलाल, ठेगाना खुलाइएको छैनबरामद औषधिको विवरण: ट्रामाडोल ५० एम.जि. लेखिएको ५७ पत्ता (५७० ट्याब्लेट) मध्ये ५ पिस सेवन भइसकेको, बाँकी ५६५ ट्याब्लेट एन्टिकोफ लेखिएको ५ पत्ता (५० ट्याब्लेट) मध्ये ७ पिस सेवन भइसकेको, बाँकी ४३ ट्याब्लेट डेभोक्सिन–१० लेखिएको ५ पत्ता (५० ट्याब्लेट) मध्ये ४ पिस सेवन भइसकेको, बाँकी ४६ ट्याब्लेट प्रहरीका अनुसार उनीहरूलाई शंकाको आधारमा रोकेर शरीर र झोलाको चेकजाँच गर्दा प्रतिबन्धित औषधिहरू फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय राज पण्डितका अनुसार, पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय