नेभिगेशन
समाज
समसामयिक :

सई खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत

काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक (सई) राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत खड्कालाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरिएको हो ।

एसएसपी रमेश बस्नेतले सई खड्कालाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् । उनी लामो समयदेखि अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

अपराध अनुसन्धान, गुण्डागर्दी तथा संगठित अपराध र फरार अभियुक्त पक्राउमा समेत खड्काले भूमिका खेलेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्