सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । विश्व अस्थमा दिवसको अवसर पारेर नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ।
विश्वमा बढदै गएको अस्थमाका बिरामीहरूलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जले आज जनचेतना मुलक कार्यकम सम्पन्न गरेको छ।
मानिसमा दमका कारण हुने विभिन्न समस्या र त्यसबाट बाँच्ने उपाएको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रेस सल्लाहकार आसिक अन्सारीले बताउनु भयो।
कार्यक्रममा अस्थमा रोग हुने कारण् र त्यसबाट बाँच्ने उपाएको बारेमा सान्दर्भिक जनचेतना मुलक विभिन्न पोस्टर व्यानर प्रदर्शनी गरिएको थियो।
कार्यक्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जका डाक्टर सुधाकर झा द्वारा निःशुल्क अस्थमा रोगका बिरामीहरूलाई चेकजाँच गरेका थिए।
साथै रगत चेकजाँचमा आज पन्द्र प्रतिशत छुटको पनि व्यवस्था मिलाईएको डा.झाले बताउनु भयो ।
यसैगरी श्वास प्रश्वास प्रक्रियालाई मापनकोलगी इन्हेलार अर्थात सुँघ्ने औषधिको निःशुल्क वितरण गरिएको थियो ।
त्यस्तै दमका रोगीहरुका लागि निःशुल्क फलफूल वितरण गरिएको थियो ।
आफ्नो ब्यक्तिगत श्वास प्रश्वास प्रक्रियालाई मापनको लागि एउटा गेमिङको आयोजना गरिएको थियो भने रोगको उपचार भन्दा रोग हुनु नदिनु त्यसतर्फ लागन् यो कार्यक्रमको मुख्य उद्देश्य रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताउनु भयो।
कार्यकममा सखुवा प्रसौनी गाउँपालिका वार्ड नम्बर पाँच देवरबानाकी एक सय दुई वर्षीय वृद्ध महलुदन खातुनको निःशुल्क चेकजाँच गरीएको थियो ।
कार्यक्रम चेरित्सटेवाल सोसाइटी नरसिंह समुहका विद्यार्थीको सहयोग तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज पर्साको आयोजनामा सम्मपन्न भएको हो ।
कार्यक्रममा नेशनल मेडिकल कलेजका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, अस्पतालका निर्देशक इसरत जहाँ अन्सारी, कलेज निर्देशक रवि श्रेष्ठ यासमिनको समेत उपस्थिति रहेको थियो।