सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मधेस प्रदेशको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।
नेकपा एमाले वीरगन्ज महानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई आज विरगंजको क्लासिक होटलमा सम्बोधन गर्दै मन्त्री गुप्ताले सो कुरा बताएका हुन् ।
मन्त्री गुप्ताले नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले मधेस प्रदेशको विकासका लागि बनाएको खाकाको आधारमा सरकारले चाँडै विकाशको काम सुरु गरी विकसित मधेस प्रदेश बनाउने तर्फ लागेको बताए ।
मधेस प्रदेशको हक अधिकारका लागि पनि सरकार दृढतापूर्वक भूमिका निर्वाह गरिरहेको छ । मधेसी जनताले संघीयताको माध्यमबाट देखेका सपना प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूरा गर्ने उनले बताए ।
उनले भने, ‘दुई कार्यकाल सत्तासीन भएको मधेशी दलले समग्र मधेसको विकासमा ध्यान दिएन । जसको कारण मधेस प्रदेशको विकासको सपना तुहिएको हो।’
तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको मन्त्री गुप्ताको भनाइ छ ।