समसामयिक :

ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु

बुधबार, चैत ६, २०८१

वीरगंज । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ ।

कल्भर्ट नहुँदा आवत जावतमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा कल्भर्ट निर्माणको काम सुरु गरेको हो ।

ग्रामिण क्षेत्रका वासिन्दालाई आउजाउमा सहज होस भनेर कल्भर्ट निर्माणको काम अघि बढाईएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो  ।

कल्भर्ट निर्माणको आज एक कार्यक्रमका बीच महानगर प्रमुख सिंहले शिलान्यास गर्नुभयो । 

३३ लाखको बजेटमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो । 

कार्यक्रममा महानगरपालिकाका योजना प्रमुख अवधेश कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, स्थानीय युवा, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय