खेलकूद :

बाग्मतिलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा

सोमबार, फागुन १९, २०८१

वीरगन्ज । दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको तेस्रो खेलमा बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । 

आर्दशनगर रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । 

सुरु देखि दुबै टिम बिच प्रतिस्पर्धा देखिएको खेलमा पुलिस क्लबले बाग्मतिको पोष्टमा निरन्तर बल प्रहार गरीरह्यो । 

पुलिसले खेलको १६ औ मिनेटमा आफ्नो पहिलो गोल गरेर अग्रता बनाएको थियो । पुलिसका लागी मनिष सेढाईले पहिलो गोल गरे । 

पुलिसले पहिलो गोल गरेको १० मिनेट पछि खेलको २६ औ मिनेटमा बाग्मतिले पनि आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरमिा पुर्याएको थियो । 

त्यसपछि निरन्तर दुबै टिमको खेलाडीमा रोमान्चक प्रतिस्पर्धा हुन थालेको थियो । पहिलो हाफ सम्ममा एक एक गोलको बराबरीमा दुबै टिमले खेलेका थिए । 

खेलमा आफ्नो पहिलो जितको खोजीमा रहेका दुबै टिमले झन आक्रमक भएर खेल्न थालेका थिए । तर दोस्रो हाफको आधा समय बितिसक्दा बाग्मति बिरुद्ध पुलिस आफ्नो दोस्रो गोल गर्यो । 

खेलको ७७ औ मिनेटमा पुलिसका खेलाडी उज्जवल राईले गोल गरेका थिए । उनले नै गरेको गोल अन्तत निर्णायक साबित भयो । खेलमा म्यान आफ दि म्याच नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी भएका थिए ।

उनले नगद १० हजार सहित शिल्ड पनि प्राप्त गरेका थिए । मंगलबारको खेलमा मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंले प्रतिस्पर्धा गर्नेछन ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय