Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

नेकपा एमाले पर्साले १४ वटै पालिकाको अधिवेशन गर्ने

बीरगन्ज। नेकपा एमाले पर्सा जिल्लाको प्रथम सचिवालय कमिटीको बैठक अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा पार्टी कार्यालय मनमोहन नगरमा सम्पन्न भएको छ। 

बैठकमा केन्द्रीय कमिटी सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा र केन्द्रीय सदस्य अरविन्द सिंहले निर्णायक राष्ट्रिय शक्ति  निर्माणका लागि नेकपा(एमाले)को माघ देखि चैत महिनासम्म सन्चालन हुने तीन महिने वडा-केन्द्रित पार्टी निर्माण अभियानको बारेमा जानकारी गराउनु भयो ।

हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले वडा केन्द्रीत अभियान सुरु गर्ने निर्णय गरेको थियो । 

माघ महिना भित्र १४ वटै पालिकाको अधिवेशन र तत्पश्चात् ११२ वटै वडाको अधिवेशन गर्ने निर्णय भएको जिल्ला कमिटी सचिव महेश दासले जानकारी दिनु भएको छ ।

पालिका अधिवेशन सम्पन्न गर्न क्षेत्रीय समन्वय कमिटीको बैठक आउदो साता सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रदेश कमिटी उपाध्यक्ष विचारी प्रसाद यादव , जिल्ला कमिटी उपाध्यक्ष मनोज कुमार गुप्ता सहित पदाधिकारी र सचिवालय कमिटी सदस्यको सहभागिता रहेको थियो ।

बैठकको सहजीकरण सचिव महेश दासले गर्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्