स्वास्थ्य :

नेशनल मेडिकल कलेजमा औलो रोग बारे 'सीएमई' कार्यक्रम सम्पन्न

बुधबार, जेठ २, २०८१

वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय पर्सा , तथा नेशनल मेडिकल कलेजको समन्वय र सहकार्यमा औलो रोग बारे सी.एम.इ ( Continuing medical education ) कार्यक्रम सम्पन्न भएको हो । 

नेशनल मेडिकल कलेजमा औलो रोग निदान तथा उपचार कार्यमा संग्लन स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय औलो रोग निवारण एवं राष्ट्रिय औलो रोग उपचार पद्दती ( NMTP 2019) बारे जानकारी प्रदान गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रुद्र प्रसाद मरासिनीले बताए । 

स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साहले कार्यक्रम बारे प्रकाश पारेका थिए ,भने वरिष्ठ फिजिसियन डाक्टर उदय नारायण सिंहले प्रशिक्षण गराएका थिए। 

कार्यक्रमका प्रमुख अतिथी नेशनल मेडिकल कलेजकी होस्पिटल डाइरेक्टर डाक्टर इस्रत जाहा अन्सारीले औलो रोग निवारण बारे आफू र संस्था पहिला देखि नै लागि परेको बताइन् । 

कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रो. डा. के. एन सिंह ,  प्रो . डा. ए के कोशी , बाल रोग विषेशज्ञ आन्नद कुमार झा लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय