Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

नेशनल मेडिकल कलेजद्वारा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजमा नव आगन्तुक भर्ना भएका ( MD, MS , MN, MPH )  नयाँ सत्रका विद्यार्थीहरूको स्वागत तथा कलेजको वातावरण शैक्षिक अवस्था  र विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारीलाई गराउन अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ( HODs, PG Coordinators ,  Faculty members  ) सहित  नव आगन्तुक  विद्यार्थीहरूको  सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका अध्यक्ष प्रा. डाक्टर जैनुद्दीन अंसारीले विद्यार्थीहरुलाई स्वागत गर्दै  नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताहरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासको वातावरण बनाईएको जानकारी दिनु भयो । 

उक्त कार्यक्रममा कलेजका अडमिसन एण्ड मार्केटिङ डाइरेक्टर आबिद हुसेन अंसारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी , हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ  , भ्वाइस प्रिन्सिपल वि.डी.यस प्रो. डा . सरोज प्रसाद देव , भ्वाइस प्रिन्सिपल डा. रवि शंकर गुप्ता , एक्टिङ भ्वाइस प्रिन्सिपल नर्सिङ एशो. प्रो . कविता पाठक , चिफ पिजी कोडिनेटर डा. रवि कुमार साह , नर्सिङ डाइरेक्टर प्रो. गंगा गुरुङ लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रम कलेजका प्रिनसिपल  के.ऐन. सिंहको  अध्यक्षतामा तथा कलेजका अध्यक्ष प्रो. डा. जैनुदिन अंसारीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्