Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
स्वास्थ्य :

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजद्वारा निशुल्क ओपिडि सेवा सञ्चालन

वीरगंज। बिश्व मुख स्वास्थ दिवशको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले निशुल्क ओपिडि सेवा संचालन गरेको छ ।

बिश्व मुख स्वास्थ दिवशको अवसर पारी चैत्र १ गते देखि एक महिनाको लागि निशुल्क चेकजाँच गर्नुका साथै एक महीनाको लागि मुख र दातको सम्पूर्ण चेक जाचमा १०प्रतिशत छुट दिने घोषणा गरेको छ ।

मुख र दातको समस्याले स्वास्थमा प्रतिकुल असर पर्ने हुनाले मुख र दाँतको समस्यालाई उपचारको माध्यम बाट यथासिघ्र निराकरण गर्नु पर्ने डा. कौशल कुमार सिंहले बताए।

उनले विशेष गरी गर्भवती महिलामा मुख तथा दातको समस्याले जन्मिने बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताएका छन ।

सकेसम्म फलफुल र काचो सलाद खानाले मुख र दातको समस्या कम हुने बताएका छन ।

साथै बच्चाहरुलाई दातमा टासिने बस्तु जस्तै चकलेट चुइंगम नदीन डा. सिंहले सल्लाह दिए ।

दाँत र मुखको समस्या बाट बच्न खाना खाने बितिकै ब्रस गर्न उचित हुने बताए। साथै उनले हेल्दी माउथ फॉर हेल्दी बॉडीमा बिशेष जोड़ दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्