खेलकूद :

तेस्रो परवानीपुर गोल्डकप : वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा

सोमबार, चैत ५, २०८०

वीरगन्ज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्ज बिजयी भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृती युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले १-० गोल अन्तरले हराएको हो । 

परवानीपुर खेल मैदानमा भएको खेलको पहिलो हाफको पाँचौ मिनेटमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले पहिलो गोल गरे । 
  
उनले गरेकै गोल नै अन्तिम सम्म वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जको लागि निर्णायक रहयो । 

वीरगन्ज युनाइटेड क्लबका खेलाडीले सुरु मै गरेको गोल नव जन जागृती युवा क्लबका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन । 

आजको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले म्यान अफ दि म्याच घोषित भए । 

उनलाई परवानीपुर निवासी युवा प्रदीप सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे ।

अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन । 

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए । 

प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए । 

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको खेलमा
प्रमुख अतिथि राप्रपा पर्साका कोषाध्यक्ष रामेश्वर महतो थिए ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय