खेलकूद :

परवानीपुर गोल्डकप : हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

आइतबार, चैत ४, २०८०

वीरगन्ज । दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ । 

शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले ट्राईब्रेकरमा ४ - २ गोल अन्तरले हराएको हो । 

परवानीपुर खेल मैदानमा भएको खेलमा पहिलो हाफको १९ औ मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर ७७ का खेलाडी गणेश धामीले पहिलो गोल गरे । 

सुरु देखिको खेलमा दबाबमा रहेको हेटौंडा फुटबल एकेडेमी मकवानपुरले खेलको २२ औं मिनेटमा आफ्नो गोल गरेको थियो । 

आफ्नो पहिलो गोल हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी नम्बर १३ का खेलाडी दाबा लामाले गरेर खेलमा फर्केका थिए । 

खेलको ५० औं मिनेटमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी ९ का खेलाडी अन्जन बछारले गोल गरेर टिमलाई अग्रता दिलाए । 

खेलको ६४ औं मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर १७ का विवेक बिकले गोल गरेर खेललाई बराबरीमा पुर्याए । 

आजको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिम २-२ गोल गरेर बराबरीमा खेलपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो । 

ट्राईब्रेकरमा चिडिया दह स्टार क्लब रौतहटका खेलाडी मध्ये दुई खेलाडी बल पोस्ट बाहिर हानेका थिए । 
भने हेटौंडा फुटबल एकेडेमी मकवानपुरका खेलाडी सबै बल पोस्टको जाली चुमाएका थिए ।

आजको खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमी मकवानपुरका गोलकिपर अस्बिर गुम्बा घोषित भए । 

गुम्बालाई परवानीपुर निवासी मनी आलमले २ हजार १ सय नगद सहित र ट्रफी प्रदान गरे । 
भोलिको खेल वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र नव जन जागृती क्लब सिमरा बीच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए । 

चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन । 

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनलेे बताए । 

त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय