समसामयिक :

जिवीराईको चलअचल सम्पति बेचेर वीरगञ्जबासीको १३५ करोड फिर्ता गराउन सांसद यादवको मांग

शुक्रबार, फागुन ११, २०८०

वीरगञ्ज। जनता समाजवादी पार्टी नेपालका सचेतक प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा सहकारीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी दायरामा लयाउन मांग गरेका छन । 

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पुर्व मन्त्रि समेत रहेका सांसद यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगञ्जबासीको १ सय ३५ करोड रुपैया लिएर फरार भएको भन्दै सहकारीमा संलग्न सबैलाई पक्राउ गरेर कानुनी दायरा लयाउन सरकारको ध्यानाकर्षण गराए । 

सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगञ्जमा अच्चम्मको कार्य गरेको सांसद यादवले सुनाए, वीरगञ्जमा कार्यालय खोलेर वीरगञ्जबासीको १ सय ३५ करोड रुपैया सहकारीका संचालक जिवी राईले आफना आफन्त, रेस्टुरेन्टमा काम गर्ने कर्मचारी तथा टेलिभिजनमा काम गर्ने कर्मचारी गरेर ७५ जनालाई ९४ करोड रुपैया बिना धितो मात्र कपाली तमसुक बनाएर बाडिएको बताए ।

सांसद यादवले भने आम सर्वसाधारण व्यक्ती बैंकमा ऋण लिदा जग्गा जमीन धरौटी राख्नुका साथै सात पुस्ते लेखाउनु पर्ने हुन्छ तर सहकारीले वीरगञ्ज बाहिरका व्यक्तीलाई समान्य कपाली तमसुकको भरमा ९४ करोड रुपैया बाडेको आरोप लगाए ।

कपाली तमसुकको भरमा मात्र ६ करोड रुपैया सम्म सहकारीले बाडेको बताउदै नेपाल प्रहरीको सिआईबी तथा नेपाल सरकारको ध्यान किन नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद यादवले सहकारी प्रकरणमा संस्थामा संलग्न जिवी राई लगाएत सबैजनालाई अविलम्ब पक्राउ गरी कार्यवाहीको दायरामा लयाउन गम्भीर ध्यानाकर्षण गराए ।

वीरगञ्ज बासीका १ सय ३५ करोड रुपैया लिएर फरार भएका जिवी राई सहित सहकारीका कर्मचारीहरुको चलअचल सम्पत्ती बेचेर भएपनि वीरगञ्ज बासीका सम्पुर्ण रकम फिर्ता गराउन उनले मांग गरे । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय