नेभिगेशन
समाज
सुरक्षा तथा अपराध :

सशस्त्र प्रहरी बल पर्साद्वारा १६८ किलो गाँजा बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले १६८ किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यका अनुसार विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले वीरगन्जबाट ठोरीतर्फ जाँदै गरेको बा.११ च ९६८६ नम्बरको पिकअप गाडीलाई चेक गर्दा १६८ किलो गाँजा बरामद भएको हो ।

पिकअपमा फल्स बटम बनाई गाँजा लुकाएर राखिएको अवस्थामा १६ पोका फेला परेको थियो । १६ वटा पोकाभित्र १६८ किलो गाँजा थियो ।

गाडीबाट ७८ हजार ५ सय रुपैयाँसमेत बरामद भएको थियो । चालक, सहचालक, पिकअप गाडी र रुपैयाँ थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्