समसामयिक :

रोट्रयाक्ट क्लबद्वारा आधारभूत विधालयका बालबालिकाहरूलाई न्यानो टोपी वितरण

बिहीबार, पुस १९, २०८०

वीरगञ्ज। रोट्रयाक्ट क्लब अफ वीरगन्जले वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा रहेको विद्यालयका विद्यार्थीहरुलाई न्यानो टोपी वितरण गरेको छ ।

क्लबले तराईमा बढेको शीतलहर (चिसो)को कारण विधालय जाने बालबालिकाहरू लाई ध्यानमा राखेर श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसोतीपुरमा बालबालिकालाई बुधबार न्यानो टोपी बितरण गरेको हो ।

रोट्रेक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफले विद्यालयका प्रधानाध्यापक जोगिन्द्र पण्डित कुमाललाई विद्यालयका विद्यार्थीहरुको लागि २५० वटा न्यानो टोपी हस्तान्तरण गरेका हुन् ।

टोपी हस्तान्तरण कार्यक्रममा रोट्रेक्ट क्लब अफ वीरगन्जका पूर्व अध्यक्ष आयुष गुप्ता,उपाध्यक्ष योगेश जैसवाल, सचिव विवेक पटेल, आकाश कलवार, राज सर्राफ, नीरज कुश्वाहा, अशिष श्रेष्ठ, राहुल कुश्वाहा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, अलि हुसैन लगायत रोट्रेक्ट क्लब अफ वीरगन्जका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय