Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

मन्त्री किराँतीविरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

काठमाडौं । राष्ट्रिय एकता अभियान नेपालले अभियानका वरिष्ठ नेता बीपी यादवको नेतृत्वमा शुक्रबार तीनकुनेमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले क्रिश्चियन अतिवाद र चिनियाँ विस्तारवादलाई बढावा दिएको आरोप लगाउदै संस्कृतिमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीले ‘क्रिस्चियन अतिवाद मुर्दावाद, चिनियाँ दलाली बन्द गर, किरात धर्मको रक्षा गर, किरातहरूको धर्म परिवर्तन बन्द गर जस्ता नारा लगाएका थिए ।

राष्ट्रिय एकता अभियानले मन्त्री किरातीले आफ्नो कार्यकालमा नेपालमा क्रिस्चियन धर्मको प्रचार प्रसार गरेको र चीनको हितमा राष्ट्रविरोधी गतिविधिमा सम्लग्न रहेको आरोप लगाएको छ ।

सरकारले आफ्ना मागमा ध्यान नदिए आन्दोलनलाई सशक्त बनाउने चेतावनी समेत अभियानले दिएको छ ।

पछिल्ला केही वर्षयता नेपालमा क्रिस्चियन धर्मको प्रचार प्रसारलाई लिएर हिन्दू समूहमा असन्तुष्टि बढ्दै गएको छ ।

योसँगै चीनसँग नेपालको बढ्दो निर्भरतालाई लिएर पनि चिन्ता व्यक्त भइरहेको छ ।

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, राष्ट्रिय एकता अभियान युवा विभागका संयोजक दिवस पटेल, धीरज गिरी, अभियानका मधेस संपर्क समितिका संयोजक विनोद सिंह, मनोज सिंह, जयनारायण यादवलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्