नेभिगेशन
समाज
समसामयिक :

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

वीरगन्ज - भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका (बोर्ड) बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले उक्त सहयोग रकम विभिन्न आन्तरिक स्रोतहरूबाट जुटाउने निर्णय गरेको छ।

​वडा कार्यालयहरू: महानगर मातहतका प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने।

​जनप्रतिनिधिहरू: महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको १ महिनाको तलब तथा सेवा–सुविधा बराबरको रकम प्रदान गरिने।

कर्मचारीहरू: महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरिने।

​बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका भोटेकोसीका नागरिकलाई विपद्को यस कठिन समयमा राहत र पुनरुत्थानमा मद्दत पुगोस् भन्ने उद्देश्यले आकस्मिक बैठक डाकेर सहयोगको निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्