सोसल मिडिया
हाम्रो बारेमा
पर्सा । पर्साको पश्चिमी ग्रामीण पकाहामैनपुर गाउपालिकाको बडका गाउ सबैठवा नाका भएर भारतिय प्रतिबन्धित माछाको तस्करी मौलाएको छ ।
भारतिय सीमावर्ती गाउ कठिया मठिया भएर नेपाल तर्फ सबैठवा नाका प्रयोग गरेर तस्कर समुहले प्रतिबंधित भारतिय माछाको तस्करी जोरसोरले गरिरहेको स्थानीय बताउछन ।
छिपहरमाई गाउपालिका भिस्वाका मुमताज र धनन्जयले सशस्त्र प्रहरीलाई आर्थिक प्रभावमा पारी महिनौ देखी सबैठवा नाका प्रयोग गरि पिकअपकै माध्यमले प्रतिबंधित भारतिय माछाको ओसार पसार गरिरहेका छन ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म लाहावरथकरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक डिएसपी महेश खरेलले तस्कर समुह संग साठगाठ गरि माथिलो निकायको नाममा समेत रकम असुलेर माछा तस्करीका लागी ग्रिन सिग्नल दिएको स्रोतले जनायो ।
तस्कर समुहले भारतीय गाउ कठिया मठिया बाट भारतीय नम्बरको पिकअप गाडी बाटै भित्रयाएको भारतीय प्रतिबंधित माछा नेपाल तर्फ सबैठवा बडका गाउ र भेडिहारीको सिमानामा रातीको २ बजे नेपाली नम्बरको पिकअप गाडीमा पल्टी गरेर दिउसै त्यार गरेर राखिएको रेडिमेड अनलाईन बिल बनाएर भेडिहारीको बाटो पोखरिया हुदै वीरगंज बाहिर पठाउने गरेका छन ।
उक्त समुहले सबैठवा बाट बीरगंजको बाटोमा पर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रत्येक युनिटहरुलाई महिनावारी बुझाएर निर्वाध रुपमा नेपालमा प्रतिबंध लगाईएको भारत आन्ध्रा प्रदेशको माछा तस्करी गरिरहेका छन ।
सशस्त्र प्रहरी बल नेपालका महानिरिक्षक राजु अर्यालले सिमानाकामा कडाई गर्न दिएको निर्देशनको धज्जी उडाएर भन्सार छली चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालका डिएसपी खरेल तस्कर समुह संग साठगाठ गरि रमाई रहेका छन ।
गृहमन्त्री रमेश लेखक बीरगंज आएकै दिन राती ३ वटा पिकअपमा माछा भित्रिएको स्थानीय बताउछन ।
हैजा महामारीको प्रकोप बाट ग्रस्त पर्सामा प्रतिबन्धित भारतिय माछा ओसार पसार गरेर केही रकमको लोभमा नेपाली आमजनमानस को जिवन संग खेलवाड गर्ने यस्ता गैर जिम्मेवार सशस्त्र प्रहरी कर्मचारीलाई कारवाही गर्न आवश्यक छ ।
हिजो मात्रै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले मधेश प्रदेशमा तस्करीमा साठगाठ रहेको आरोपमा एसपी सहित १६ प्रहरी अधिकारीलाई कारवाही गरेको थियो ।
यस विषयमा जानकारी लिन डिएसपी खरेलको ९८५१२७२३३२ नम्बरमा सम्पर्क गर्न खोजदा सम्पर्क हुन सकेन ।