ब्रह्मपुत्र नदीसंग जोडिएको त्रिदेशीय सम्बन्ध र दक्षिण एशियाको सुरक्षा

सोमबार, भदौ ११, २०८०

शक्तिशाली  ब्रह्मपुत्र नदी चिन,भारत र बंगलादेश हुदै समुन्द्र समाहित भएको छ । प्रकृति रुपले चिनको भूमिबाट उदग्म भइ भारत ,बंगलादेशको त्रिदेशीय सीमा आर–पारको भूमि छिछोल्दै समुन्द्रमा समाहित भएको  यसको यात्रामा धेरै सहायक नदीहरूको धार  जोडिएका छन । विभिन्न क्षेत्रहरूमा यसलाई विभिन्न नामद्वारा पनि  बोलाइन्छ । जस्तै चिनमा यार्लुंग त्सांगपो, भारतमा ब्रह्मपुत्र,बंगलादेशमा जमुना आदि । पछिल्लो समय यो नदी भारतीय उपमहाद्वीपमा ठूलो भ–ूराजनीतिक विवादको केन्द्र बन्दै गएको छ ।

माथिल्लो रिपेरियन देशको रूपमा रहेको, चीनले यार्लुङ त्सांगपोको तल्लो भागमा लगभग आठ ठुला जलविद्युत परियोजनाहरू (एचपीपी) निर्माण गरेको छ । जसमध्ये केही पहिला नै सञ्चालनमा छन् र केही निर्माणाधीन अवस्थामा छन् । अर्थात् बायु, डागु, जिक्सु, जांगमु, जिचा, लेन्गडा, झोंगडा र लांगजेनमा चिनको प्रस्तावित बिधुत परियोजनाहरु रहेका छन  । चिनको ९ औं प्रस्तावित योजनाबाट ६० गिगावाट बिधुत उत्पादन गर्ने चिनलेलक्ष्य लिएको छ । बेइजिङको यो १४ औं पञ्चवर्षीय योजना (२०२१–२०२५) अनुसार तिब्बतको लिन्जी (निन्ची) प्रान्तको मोटुओ (मेडोग) काउन्टीमा ग्रेट बेन्ड (नामचा बारवा) मा निर्माण गर्ने योजना रहेको छ ।

दक्षिण एसियाको सबैभन्दा बढी नदी तटीय मुलुकको रुपमा रहेको  बंगलादेशको जनजिवन चिन र भारतीय सीमाबाट बगेर आउने नदीहरूमा अत्यधिक निर्भर छ । ब्रह्मपुत्रलाई बगलादेशमा बोलाइने जमुना नदि दक्षिण एसियाली तल्लो रिपेरियन राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण नदीहरू मध्ये एक हो । जसले  त्यहाका लाखौ जनताको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्दछ ।

चीनले यार्लुङ त्साङपोको तल्लो भागमा निर्माण गरिरहेका सबै जलबिद्युत परियोजनाहरू यहि  नदीमा आधारित (आरओआर) परियोजनाहरू हुन् र यसले भारत र बंगलादेशको तल्लो रिपेरियन समुदायहरूलाई असर गर्ने छैन भन्ने दाबी गर्दै आएको छ ।

मेकोङ नदीको वर्तमान अवस्था चीनको हाइड्रो–हेगेमोनीबाट कसरी तल्लो रिपेरियन देशहरू गम्भीर रूपमा प्रभावित छन् भन्ने ज्वलन्त उदाहरण मध्ये एक हो । चिनले धेरै विकास परियोजनाहरुलाई आफ्नो सुरक्षा रणनितिमा समाहिग गर्दै आगाढि बढाउदै आएको परियोजना अन्तर्गत ब्रह्मपुत्र नदिलाई भारत र बंगलादेशले लिने गरेका छन । बेइजिङले सोहि “राष्ट्रिय सुरक्षा“ को  अन्तर्गत रणनीतिक रुपमा काम गर्दै आएको भारत र बंगलादेशको आशंका रहेको छ ।

मानवताको लागि “साझा प्राकृतिक स्रोतहरू“ को रुपमा रहेको यो त्रिदेशीय नदि चिनको भूमिमा रहेको यार्लुङ त्सांगपो – भारतमा, ब्रह्मपुत्र र बगलादेशमा जमुना नदी प्रणालीले मानव जनजिवनसंग धेरै प्रकारका जैविक विविधतालाई समेत आतिथ्य गर्दै आएको छ ।
चिनद्धारा भइरहेका विकास निर्माणले नदिको वहा,कटान र तिनै देशको ठुलो क्षेत्रका प्राकृतिक जिवन चक्रलाई खलबलाउने सम्भावनालाई निम्त्याउने खतरा बढने आरोपहरु लागीरहेको छ ।

जसले दुर्लभ प्रजातिका वनस्पति र जीवजन्तुहरूको आवास आधारको रुपमा समेत भुमिहरुलाई समेत असर पारिरहेको भारतीय विशलेषकहरुको भनाइ छ । यो नदीको मुद्दा सिनोइन्डियन संवाद एजेन्डामा अपेक्षाकृत नयाँ थप पनि हो । यसका साथै रिपेरियन मुद्दाहरू सहयोग भन्दा विवादको अर्को स्रोत ब्रह्मपुत्र बनिरहेको छ ।

भविष्यमा जलविद्युत डेटाको जिम्मेवार साझेदारी र जलस्रोतको समान वितरणका लागि नदी किनारका राज्यहरूबीच मैत्रीपूर्ण परामर्शमा भन्दा पनि चिनको गोप्य विसका निर्माण,सैन्य गतिविधि र एकहोरो निर्णयले उत्पन्न मतभेद र अविश्वासले एशियाकै शान्ति सुरक्षालाई ठुलो प्रभाव पार्न सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

तिन देश बिच चलेका धेरै बार्ता–सम्बाद, सम्झौताहरूको बाबजुद, चीनबाट आएको जलविज्ञान जानकारी भारतले घुमारो प्रणलीबाट मात्र पाउने गरेको छ ।यतिमात्र होइन यसबारे पाउने डाटाको लागि उसले ठूलो मूल्यनै चुकाउने गरेको छ । तर ढाकाको बेइजिङसँगको द्विपक्षीय सम्बन्धको तित्ता घट्न सक्छ, यदि चीनले ब्रह्मपुत्रको तल्लो भागमा बाँध बनाएर नयाँ दिल्लीलाई प्रति–आन्दोलन गर्न बाध्य बनायो भने । यसैले अवैध प्रवास, पानी साझेदारी आदि जस्ता सान्दर्भिक मुद्दाहरूलाई थप बिगार्न पनि सक्छ ।

दक्षिण–उत्तर जल स्थानान्तरण परियोजना (एसएनडब्लुटीपी) अन्तर्गत तिब्बती नदीहरू (ब्रह्मपुत्र/ जमुना सहित) लाई उत्तर–पश्चिम चीनमा रेड फ्ल्याग नहर मार्फत पानी बदल्ने बेइजिङको योजना प्रति बंगलादेश र भारतले नियमित रूपमा शंका गर्नुको साथै समय समयमा चिन्ता व्यक्त गर्दै आएका छन् ।

बंगलादेश पानीको लागि बाह्य स्रोतहरूमा धेरै निर्भर छ र जमुना नदी उसको लागि बाह्य पानीको सबैभन्दा ठूलो स्रोत पनि हो । राष्ट्रिय तथ्याङ्क अनुसार बंगलादेशको कम्तीमा ६० प्रतिशत जनसंख्या ब्रह्मपुत्रको जलग्रहण क्षेत्रमा निर्भर छन् । यस क्षेत्रमा चीनले निर्माण गरिरहेको विभिन्न गतिविधिले गर्दा हुने भूस्खलन र खानी (बहुमूल्य धातु र दुर्लभ पृथ्वी तत्वहरूको लागि) ले सियांग र कामेंग सहायक नदीहरूको हाल सालको कालोपनबाट स्पष्ट रूपमा तलतिर नदिमुनिको सतह, सिल्टेशन, नदी वहाव क्षेत्रको गुणस्तर र प्रवाहको क्रमलाई गम्भीर रूपमा प्रभाव पार्छ ।

बंगलादेशी अधिकारीहरूले समय समयमा चिनीय निमार्णको बिरोध गर्नुका साथै टिप्पणी गर्दै आएका छन । केहि बर्ष देखि बंगलादेशलले बर्खामा ठुलो बाढीका साथै सुख्खा मौसममा कम पानि वा सुख्खाको मार खेप्नु परेको छ ।जवकि उनीहरूलाई सबैभन्दा बढी पानिको आवश्यकता त्यहि समयमा  हुन्छ ।

यी टिप्पणीहरू अपस्ट्रीम रिपेरियन देशहरूको प्रकाशमा छन् जसमा चीन विशेष गरी उनीहरूको आवश्यकता अनुसार पानी  छोड्नको लागि लाभ उठाइरहेको छ ।

बंगलादेशको बीआरएसी विश्वविद्यालयका प्रोफेसर एमेरिटस डा. ऐनुन निशात, वातावरणीय मुद्दाका एक प्रमुख विज्ञको अनुसार चिनको बाँध निर्माणले जमुनामा निर्भर स्थानीय समुदायलाई उनीहरूको जीविकोपार्जनको लागि गम्भीर क्षति पुर्याउनु हुँदैन ।

चीनको पानीको डाइभर्सन, बिजुली उत्पादन बाहेक, बंगलादेश र भारतका लाखौं तल्लो किनारका समुदायहरूलाई हानिकारक साबित हुन सक्छ भन्ने आशंका डा. ऐनुन निशातकोे रहेको छ । उनले यो समस्यालाई कम गर्नका लागि ढाकाले नयाँ दिल्लीसँग नजिक बढाउदै  संयुक्त प्रयासबाट मात्रै सम्भव हुने डा निशासतले बंगलादेश सरकारलाई यहि महिनाको पहिलो हप्तामा सुझाव दिएका छन ।

बंगलादेशको ग्रीन युनिभर्सिटीका प्राध्यापक तथा कुलपति गोलाम समदानी फकीरले ब्रह्मपुत्र/जमुनामा चिनियाएचपीपीको दीर्घकालीन वातावरणीय प्रभावको मूल्याङ्कन गर्ने सम्भावना दुविधा भएको टिप्पणी गर्दै भन्छन,‘एक तिर तटिय किनारका मानव वस्तीमा जनसंख्या वृद्धिले सरकारको प्राथमिकता निर्धारण गर्ने अर्को दुविधा पनि हो; चाहे वातावरण सुरक्षित गर्ने वा जनताको आधारभूत आवश्यकता पूरा गर्ने ।’

पर्यावरण अभियानकर्ता नदी जनताका महासचिव शेख रोकोनले चीनले भविष्यमा कुनै पनि बाँध निर्माण गर्नुअघि बहुपक्षीय छलफल गर्नुपर्ने बताउ छन  ।

बंगलादेश सेनाका ब्रिगेडियर जनरल मोहम्मद शाहीनूल हकले बंगलाभर्षण अनलाइन पत्रिकामा दिएको अन्र्तवातामा तल्लो तटवर्ती क्षेत्रको रूपमा बंगलादेशमा खाद्य सुरक्षा र दिगो जीविकोपार्जन प्राप्त गर्न भारतसँग पानीको साझेदारी महत्वपूर्ण रहेको सुझाव दिएका छन ।
उनले सह–नदी किनारका देशहरूसँग व्यवहार गर्ने, समान लाभहरू बाँड्ने, उप–क्षेत्रीय सहयोग र बेसिन–व्यापी दृष्टिकोणले नदी किनारका देशहरूसँग निरन्तर सम्बन्ध कायम राख्न लामो यात्रा तय गर्ने टिप्पणी गरे ।

सीमा विवाद र राजनीतिक विश्वासको अभावले बाँध निर्माण गर्नु नै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले विकासोन्मुख क्षेत्रहरूमा स्रोत प्रतिस्पर्धालाई बढाउने उनले अनुमान गरेका समस्या पनि हुन् ।
नदी विवादित क्षेत्रबाट गुज्रिरहेको कारण चीन, भारत र बंगलादेशबीच बहुपक्षीय पानी साझेदारी सम्झौता हुन सकेको छैन ।

यसको निकास द्विपक्षीय सहयोग आवधिक विज्ञ बैठकहरूको छलफल र हाइड्रोलोजिकल डाटा साझेदारी सम्झौताहरूमा सीमित छ, र यी कुराहरु पनि चिनको कारण असफलताको अधीनमा छन्, जस्तै २०१७ मा, जब चीनले डोकलाम गतिरोधको समयमा भारतबाट डाटा रोकेको थियो ।

भविष्यमा चीन–भारत द्वन्द्वमा बंगलादेश र ब्रह्मपुत्र अवांछनीय प्रतिनिधिको रूपमा काम गर्न सक्ने उच्च सम्भावना छ । केही नदीहरू प्राकृतिक, जंगली, घुमाउरो अवस्थामा बाँकी छन् । जलविद्युत, सिंचाई र भित्री नौवहनको बढ्दो मागले बाँध निर्माण र अन्य नदी पूर्वाधारको तीव्र विस्तारलाई बढावा दिइरहेको छ, नदीहरूलाई विघटन र टुक्रा टुक्रा पार्दै ।

ब्रह्मपुत्र नदीको उदगम क्षेत्रमा चिनियाँ बाँध निर्माणले बंगलादेश र भारतको गम्भीर ध्यानजानु सम्भावीक पनि हो । किनकि यसले एशियाको सबैभन्दा घना बस्ती भएको  लाखौं मानिसहरू लाई असर पुर्याइरहेको छ । बेइजिङले बंगलादेशी र भारतीय अधिकारीहरू र जलविज्ञान विशेषज्ञहरूलाई सरकारी योजनाहरू साथै निर्माण स्थलहरूमा निरन्तर पहुँचको अनुमति दिनुपर्छ ।

बंगलादेश र भारतका स्थानीय जनता र अधिकारीहरूसँग वास्तविक परामर्श बिना ब्रह्मपुत्रमा चीनको हाइड्रो–हेगेमोनिक गतिविधिहरू प्रति–उत्पादक साबित हुन सक्छ, र जलवायु परिवर्तनको धेरै ठूलो मुद्दामा पहिले नै कमजोर वनस्पति, जीवजन्तुलाई अपरिवर्तनीय क्षति पुर्याउन सक्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय