बाल क्लबका सदस्यहरुको क्षमता अभिबृद्धि सम्वन्धि प्रदेश स्तरीय कार्यक्रम सम्पन्न

वीरगंज । बाल अधिकार, बालमैत्री कानुन तथा दिगो विकास लक्ष्य सम्बन्धीे जनप्रतिनिधिहरुसंगको कार्यशाला तथा कार्यक्रम तथा बालमैत्री स्थानिय शासनमा बाल क्लबका सदस्यहरुको क्षमता अभिबृद्धि सम्वन्धि प्रदेश स्तरीय कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

संरक्षण नेपालको आयोजना तथा सेभ द चिल्डे«नको सहयोग, कन्सोर्टियम नेपालको समन्वय र जनसेवा नेपालको सहकार्यमा संचालित कार्यक्रम सोमबार बिरगंजमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा बाल अधिकार, बाल मैत्री स्थानीय शासन, दिगो बिकास लक्ष्य, बाल संरक्षण तथा स्थानीय निकायमा बालबालिकाको लागानी सम्वन्धि बिषयमा छलफल भएको थियो ।

उतm कार्यशालाको सहजीकरण युवराज घिमिरे, भाग्यनारायण महतो लगाएतकाले गरेको कार्यक्रममा २ नं प्रदेशका बालबालिका तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रम संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पारस जयसवालले गरेको संरक्षण नेपालका कृण्णा यादवले बताउनु भयो ।

error: Content is protected !!