वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर ११ रानीघाट स्थीत एक घरमा अवैधरुपमा संचालनमा रहेको मदिरा भठ्ठीमा प्रहरीले छापा मारेर ठुलो मात्रामा अवैधरुपमा उत्पादन गरिएको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक कुमार मैनालीकोे नेतृत्वमा रहेको प्रहरी टोलीले अवैधरुपमा संचालनमा रहेको भठ्ठीलाई समेत नष्ट गरेको हो ।
अवैधरुपमा संचालनमा रहेको उक्त भठ्ठीबाट उत्पादीत त्यारी अवस्थामा रहेको ५ सय लिटर र त्यार पार्न राखीएको कच्चा पदार्थ ५ हजार लिटर अवैध मदिरा नष्ट गरिएको प्रहरी निरीक्षक मैनालीले जानकारी दिए ।
प्रहरीले मदिरा बनाउन प्रयोग गरिने मेशीन २ थान र २५ थान ड्रम समेत बरामद गरेको प्रहरी निरीक्षक मैनालीले बताउनु भयो । वीरगंज महानगरपालीकाको वडा नम्बर ११ रानीघाट एरीया पहिला देखीनै अवैध मदिरा उत्पादन गर्ने हबको रुपमा रहेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरमा आए देखी नै प्रहरी निरीक्षक मैनालीले धेरै पटक यस क्षेत्रमा संचालीत अवैध मदिरा भठ्ठीीहरुलाई विभिन्न सुचनाका आधारमा छापामारी बेला बेलामा नष्ट गर्दै चर्चामा रहदै आएका छन ।
कानुन विपरीत कार्य गर्ने कसैलाई उनमुक्ती नदिने अडानका साथ लागी परेका प्रहरी निरीक्षक मैनाली आएको ११ महिनामै ठुलो संख्यामा फरार अपराधीहरुलाई पक्राउ गरेपछि पर्सा जिल्ला अदालतले समेत कदर पत्र सहित सम्मान गरेको छ ।
यसमा तपाईंको प्रतिक्रिया: